काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४२६ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५२२५ जनामा पिसिआर परीक्षण गर्दा थप ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ सय ४८ जना कोरोना भाइररस संक्रमणमुक्त भई घर फर्केका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।
त्यस्तै, आज कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७