अष्ट्रेलिया । अस्ट्रेलिया र नेपालवीच दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्नेबारे सहमति भएको छ । सहमतिपत्रमा अस्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबार दिउँसो हस्ताक्षर भएको छ । अस्ट्रेलिया भ्रमणमा रहेका पररास्ट्र सचिव शंकरदास बैरागी र अस्ट्रेलियाको पररास्ट्र मामिला तथा ब्यापार बिभागका डेपुटी सेक्रेटरी ग्यारी क्युंलानले सहमति पत्रमा हस्ताक्षर गरेका छन । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सचिव बैरागीसहित अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पा तथा उपनियोग प्रमुख राजेन्द्र पाण्डे पनि उपस्थित थिए । सहमतिको अस्ट्रेलियामा भएको नेपाली समुदायले स्वागत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४