काठमाडौँ -बेलायत युरोपेली संघबाट औपचारिक रूपमै बाहिरिएको छ । बेलायतमा भएको जनमत संग्रहको नतिजाअनुसार बेलायत सन् २०२१ बाट औपचारिक रुपमा युरोपेली युनियनबाट बाहिरिएको हो ।
बेलायतले सन् १९७३ मा संघको सदस्यता लिएको थियो । यो शक्तिराष्ट्रले ४७ वर्षपछि गएराति ११ बजेदेखि इयुसँग औपचारिक सम्बन्ध तोडेको हो ।
विपक्षीको मागअनुसार बेलायतमा भएको जनमत संग्रहले ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षमा ५२ प्रतिशत मत परेको थियो । संघमै रहनुपर्नेमा ४८ प्रतिशत मत खसेको थियो।
त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्।प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७