काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५६ पुगेको छ।पछिल्लो २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७