काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूको भोलि कोरोना भाइरस(कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपराह्न ४ बजेको निम्ति आह्वान भएको छ ।पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको हो ।
बैठकमा नेगेटिभ रिपोर्ट भएका सांसदहरूलाई मात्र प्रवेश दिइनेछ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७