काठमाडौं– नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मुल्य १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।
यसैगरी, बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७