काठमाडौं– पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको सामान्य प्रभावकै कारण तराई तथा तल्लो पहाडी भेगमा हुस्सुसमेत लाग्न थालेको छ भने उच्च पहाडी क्षेत्रमा दिनमा लुवालो र राती बरफ जम्न थालेको छ ।
महाशाखाकाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। त्यस्तै, रातीसम्म प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ।
तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु र कुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ। कुहिरो र हुस्सु लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु(भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७