काठमाडौं पुस १४-बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौता भएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ ।
सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाट नफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाई हृदयघात भएको थियो।
विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमा थिए । तर सरकार र उखु किसानबीचको सम्झौता सुनेर उनको मृत्यु भयो। भुक्तानी नै नभई सम्झौता भएको खबर सुनेपछि उनको मृत्यु भएको भनिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७