काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको कार्यभार सम्हालेका छन्। आइतबार दिउँसो २ बजे मन्त्री त्रिपाठीले कार्यभार सम्हालेका हुन्।
शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो। योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन्।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७