काठमाडौँ । पछिल्लो २४ घन्टामा शनिबार देशभर थप ५ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार ७ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४९ हजार १ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७