काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल सङ्क्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।
यसैगरी आज कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७