काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै निको निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।
यसैगरी आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७