काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जना कोरोनामा भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ सय ६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७