काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।
सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको छ।
आज १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।
नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७