काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ।
आज ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।
बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको उल्लेख छ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७