काठमाडौँ । उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
मंगलबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको हो।
सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु आइतबारदेखी काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत छन् ।
मन्त्रालयले इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७