हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको सम्बन्ध बिच्छेद भएको तीन बर्ष भैसकेको छ । सार्बजनिक रुपमा आफ्ना आन्तरिक र पारिवारिक बिबादका बारेमा केहि नबोलेका उनि पछिल्लो पटक कानुनी उपचार खोज्ने पक्षमा छन्।
पत्नी मिना ढकालसंग सहमतिमै सम्बन्धबिच्छेद गरेका उनले अहिले आफ्ना बारेमा पुर्वपत्नी ढकालले नकारात्मक प्रचार धेरै गरेकाले आफु,आफ्नो परिवारलाई मानसिक तनाव परेको बताएका छन्।
उनकी पत्नीले सम्बन्धबिच्छेद भए देखि नै मिडियामा आफुलाई उत्तेजित ढंगबाट प्रस्तुत गर्दै आइरहेकी छन। पछिल्लो समय मनोज गजुरेलले एक टेलिभिजन कार्यक्रममा आफु नयाँ साथीको खोजीमा रहेको र छिट्टै कसैको साथसंग जोडिने भन्दै दुई कुरा बोलेका थिए। यहि बिषयलाई उनकी पुर्वपत्नीले सामाजिक संजालमा बिरोध गरेकी छन।
गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’
कानुनी रुपमा आफ्नो अंश लिएर छुट्टीसकेकी पत्नीले यो बिषयमा बोलेपछि आफु बोल्न बाध्य भएको गजुरेल बताउछन्। उनले सम्बन्धबिच्छेदको कारण पनि खुलाउने बताउदै पुर्वपत्नीलाई अनावस्यक प्रचार नगर्न कानुनी चेतवानी दिएका छन्।
उनी लेख्छन -अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
मनोज गजुरेलले आफ्नो फेसबुकमा लेखेको स्टाटस:
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
२. सकिएकाे सम्बन्धकाे आधारहीन आरोप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।
३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जाेडेर कसैसँग 'अन्तर्वार्ता' लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद ?
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७