काठमाडौँ– नेपाल चलचित्र संघले आगामी पुसको दोस्रो हप्तादेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले फिल्म हल खुलाउन कुनै पनि चासो नदिएकाले भन्दै पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय समेत गरिएको छ ।
कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि सङ्क्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७