काठमाडौं– भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ ।
बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज अदालतमा उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गराउन संलग्न भएको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७