काठमाडौं– मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । उनलाई बुधबार साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो ।
बढुवाको निर्णयसँगै पोखरेल हालका आइजीपी शैलेश थापा क्षेत्रीपछि आइजीपी बन्ने निश्चितप्रायः भएको छ । उनलाई गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १५ मंसिरमा एआइजी बढुवामा सिफारिश गरेको थियो । त्यसअघि २७ कात्तिमा सरकारले एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।
पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा हुनबाट रोक्ने कसरत भएको थियो । हिजो संसदको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादलसँग बढुवा सिफारिशबारे जानकारी मागेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७