काठमाडौँ– धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई विश्व हिन्दू परिषद नेपालले चरित्र हत्या गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय भएको भन्दै आज एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले उनी विरुद्ध कारवाही गर्नु शंकास्पद रहेको विज्ञप्तिमा उल्लेख छ ।
बलात्कारको आरोपमा थुनामा रहेका उनलाई जिल्ला अदालत सुनसरीले सोमबार सफाइ दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७