काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन्। कलाकार गजुरेलले आफूले बिहे गर्न लागेको एक टेलिभिजन कार्यक्रममा पुष्टि गरेका हुन् ।
‘मैले बिहे गर्ने निर्णय लिएको छु। अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु।’ उनले भने ।
उनी मीना ढकालसँग सम्बन्धविच्छेद भएपछि एक छोरा र एक छोरीसँगै बस्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७