काठमाडौँ– पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्पभाडामा लगाउन नपाउने जनाएको हो ।
निगमले जारी गरेको सूचनामा भनिएको छ, “पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद-६ विनियम ३० (ड) ’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ ।
यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई नियमावलीबमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ ।” निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्प भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७