काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
यसैगरी आज १५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।
यसैगरी १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
नेपालमा हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १५ हजार ४४७ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७