काठमाडौं– टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही गरेको हो ।
यस्ता भिडियो बनाउने र प्रसारण भएको पाइएपछि ब्यूरोले अध्ययन प्रक्रिया अघि बढाएको थियो । त्यसका आधारमा कतिपयलाई कारबाही समेत भइसकेको उल्लेख गरिएको छ ।
ब्यूरोका अनुसार टिकटकका अतिरिक्त फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा अशोभनीय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्वीर, श्रव्यदृष्य, वार्तालाप, लेखन लगायतका सामग्री प्रकाशन, प्रसारण गर्नु विद्युतीय कारोबार ऐन, २०६३ लगायतका प्रचलित कानूनहरु विपरीत भएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७