काठमाडौँ- आज बुधबार सुनचाँदीको मूल्यमा पुन वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मंगलबार तोलामा ५०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला ११८५ मा कारोबार भएको छ। चाँदी प्रतितोला ११५५ मा मङ्गलबार कारोबार भएको थियो। चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७