काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४० महिला र २९० पुरुष गरी ५३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार ६५६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७