काठमाडौँ -काठमाडौँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत कार्तिक २२ गतेदेखि सुरु गरेको ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियानलाई निरन्तरता दिएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलद्वारा उक्त अभियान सुरु गरिएको हो ।
गीत सङ्गीतको माध्यमबाट ट्राफिक नियम सिकाउनका लागि ख्याति प्राप्त व्यक्तित्व र राष्ट्रिय कलाकारहरूको स्वरमा विभिन्न ट्राफिक सन्देश एवं ट्राफिक गीतहरू समावेश छ ।
सो ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट आम सडक प्रयोगकर्तालाई लक्षित गरी उपत्यकाको भिडभाड हुने चोकहरूमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइदै आएको छ । दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा पिक आवरको समयमा अडियो क्लिप बजाइन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७