काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२५५ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ७ हजार ५९६ जना व्यक्ति संक्रमित भएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा आइतबार थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ।
आज १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।
नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६३२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ९०९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो केहि दिन यतादेखि नेपामा कोरोना भाइरसको संक्रमणदर कम हुँदै गैरहेको छ। निको हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७