काठमाडौँ -पछिल्लो २४ घण्टामा देशभर १३८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ।
त्यसैगरि काठमाडौंमा मात्र ४८५ जनामा कोरोना पुष्टि भएको छ। भक्तपुरमा ३६ र ललितपुरमा १२४ गरि उपत्यकामा मात्रै
नेपालमा शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १४५४ पुगेको छ।
आज ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७