काठमाडौँ -पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो ।
यसक्रममा दुई जवान नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह गम्भिर घाइते भएका थिए । उनीहरुको मृत्यु भएको छ । यस हमलापछि भारतीय सेनाले पनि जवाफी हमला गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि बिहीबार दिउँसो १ बजेर ३० मिनेट जाँदा पाकिस्तानले पुन्छ जिल्लास्थित किरनी, कस्बा र शाहपुर सेक्टरम साना हतियार प्रयोग गर्दै गोलाबारी गरेको थियो ।
यस हमलामा सेनाका सूबेदार स्वतन्त्र सिंह मारिएका थिए भने अर्का एक सर्वसाधारण घाइते भएका थिए । पाकिस्तानी सेनाले केही दिनअघि मात्रै डिगवार, मालती र दल्लन इलाकामा पनि युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७