काठमाडौँ -०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरि उद्घाटन गरेको केहि समय भैसकेको छ । २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति बिद्या देवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्।
२०७७ कार्तिक ५ गते राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरी रानीपोखरीको उद्घाटन गरिन । त्यस अवसरमा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्।
यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ। १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।
आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५मा उक्त पोखरी निर्माण गरेका थिए।गोर्खा भूकम्पका कारण पूर्णरूपमा रानीपोखरी भत्किएको थियो।
शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७