काठमाडौं- साताको अन्तिम दिन सुनको मूल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजाबी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ। आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७