काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १९४८ जना कोरोना संक्रमित भेटिएका छन्।
२४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमित मध्ये ३५० महिला र ४८५ जना पुरुषमा रहेका छन्।
काठमाडौंमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना कोरोना संक्रमित पछिल्लो २४ घण्टामा पुष्टि भएको छ।
नेपालमा मंगलबार थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १६ हजार ६३९ जना सक्रिय संक्रमित छन्। आज ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
नेपालमा हालसम्म १६ लाख ९० हजार ५०९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६६९ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७