काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा १७९० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ७८ पुगेको छ।
नेपालमा हालसम्म १६ लाख ८१ हजार २९९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ८५९ जना सक्रिय संक्रमित छन्।
नेपालमा मंगलबार थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ६१ पुगेको छ।
मंगलबार थप २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कुल निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७