दक्षिण भारतकी नायिका रश्मिका मन्दानाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगलले नायिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरिदियो।
त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रशह्याशट्यागसहित ट्रेन्ड हुन थालिन्। यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन्। उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ। उनीहरु यति प्रिय छन्। होइन र मेरो मुटु उनीहरु सबैको साथमा छ। ’
रश्मिकाले सन् २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन्। यो फिल्ममा रश्मिकाको अभिनयको असाध्यै तारिफ भएको थियो र उक्त फिल्म त्यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने फिल्ममा समावेश भयो।
२४ वर्षकी रश्मिका दक्षिण भारतबाहेक उत्तर भारतमा पनि निकै लोकप्रिय छिन्। रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन्।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७