काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण देखिएको छ । आज काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७