काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नजिक पुगेको छ । संक्रमित संख्याको वृद्धिदर बढेसँगै दैनिक सात हजारभन्दा बढीको मृत्यु हुनथालेपछि यो अवस्था बनेको हो ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५ सय ७१ पुगेको छ । कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५ सय ३१ पुगेको छ । जसमध्ये ४ करोड ७ लाख संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा एक करोड २५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६२ हजारको मृत्यु भइसकेको छ ।
भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ ।
यूरोपकादेशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४० हजार संक्रमित संख्यामध्ये ४८ हजारको मृत्यु भइसकेको छ ।
रुसमा २० लाख ८९ हजार संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ८९ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ४९ हजारको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७