अमेरिकामा कोरोना भाइरस (काभिड–१९) का संक्रमित बढ्दै गएपछि क्यालिफोर्निया राज्यले कर्फ्यु लागू गरेको छ। शनिबारदेखि कर्फ्यु जारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यस कर्फ्युको नियम राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्र लागू हुने बताइएको छ।
यो समयमा अत्यावश्यक कामका लागि मात्र घर बाहिर निस्कन पाइन्छ। अमेरिकामा हाल १ करोड २४ लाख ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।
विश्वमै सबैभन्दा बढी कोरोनाले प्रभावित अमेरिकामा हालसम्म २ लाख ६१ हजारको यसै भाइरसका कारण ज्यान गएको छ। ७४ लाख भने कामनामुक्त भएको बताइएको छ।
अहिले क्यालिफोर्निया राज्यको कफ्र्यू लागू गरेको छ भने विभिन्न राज्यमा मास्क लगाउने नियम कडा बनाइएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७