काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ कोरोना संक्रमित भेटिएका छन्।
त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा शनिबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको छ।
नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा १ लाख ९३ हजार ३२५ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७