काठमाडौँ -पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौँ जिल्लामा ८६२ जना सहित उपत्यकामा १,१०७ जना कोरोना संक्रमित थपिएका छन्।
भक्तपुरमा ७१,ललितपुरमा १७४,काठमाडौँमा ८६२ सहित उपत्यकामा ११०७ जना संक्रमित थपिएका हुन्।यो संगै अहिले उपत्यकाका तीन जिल्लामा १२,६९२ सक्रिय सङ्क्रमित छन्।
नेपालमा विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। देशभरि १०,३४१ जनाको परीक्षण गर्दा १,९४५ जना सङ्क्रमित फेला परेका हुन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।
त्यसै गरि पछिल्लो २४ घण्टामा देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७