काठमाडौँ -नेपालमा विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। देशभरि १०,३४१ जनाको परीक्षण गर्दा १,९४५ जना सङ्क्रमित फेला परेका हुन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।
त्यसै गरि पछिल्लो २४ घण्टामा देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७