काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा देशभर २१०३ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।
नेपालमा बिहीबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७६७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८ हजार १०६ जना सक्रिय संक्रमित छन्।
आज २ हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जना निको भएको सरकारी तथ्याङ्क छ।सङ्क्रमितहरू निको हुने दर ८६ प्रतिशत पुगेको छ। गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७