काठमाडौं- बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ ।
पछिल्लो २४ थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ९१० रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७