काठमाडौँ -बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्रि बन्द हुनेछ । यो कदम बेलायत सरकारको जलवायु परिवर्तन र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ जागिर सृजना गर्ने योजना अनुसार उठाइएको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ को नाम दिएका छन् । यसको घोषणा बुधबार हुँदैछ ।पर्यावरण आन्दोलनकारी पेट्रोल र डिजेल कारबारे लिइएको यो निर्णयलाई जलवायु परिवर्तनसँग जुध्ने दिशामा एक ऐतिहासिक मोड बताएका छन् ।
बेलायती सरकारले यो योजनामार्फत् बेलायतले सन् २०५० सम्म देशले कार्बन उत्सर्जन समाप्त गर्ने लक्ष्य हासिल गर्न सहयोग पाउने बताएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७