काठमाडौँ -बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो संख्यामा पीसीआर परीक्षण हुँदा ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।
सरकारको तथ्याङ्कअनुसार मङ्गलवारसम्म नेपालमा १,२४७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।आज मात्रै १७ जनाको मृत्यु भएको छ।
सो अवधिमा देशभरि ३,११२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।काठमाडौँ उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ११ हजार नाघेको छ।अहिले पुष्टि भएका ३०,९८६ जना सक्रिय सङ्क्रमित छन्।
तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७