टोकियो । ग्लोबल गोर्खा नेप्लिज काउन्सिल(जीजीएनसी)ल जापानमा शाखा विस्तार गरेको छ । समितिको अध्यक्षमा विश्व अधिकारी, बरिष्ठ उपाध्यक्षमा मिनाकुमारी श्रेष्ठ, उपाध्यक्षमा रिता खत्री, तेज लामा, गोकर्ण बर्तौला चयन भएका छन् । त्यस्तै महासचिवमा सोम लम्साल, सचिवमा चेतन घर्तीमगर र रविन्द्र उप्रेती, कोषाध्यक्षमा शान्ता जिसी सर्बसहमतमा चयन भए । सदस्यहरुमा दिपक कार्की, ईश्वर थापा, मदन थापा, सुदिप लामिछाने, समुन्द्र राज पौडेल, रमेश अर्याल चयन भए । उत्तम कुमार श्रेष्ठ संरक्षक रहने गरी विस्तार भएको समितिको सल्लाहकारहरुमा हरि चन्द्र लामा, पदम गुरूङ, प्रकाश पौडेल, अनुप केसी, नबिन थापा मगर चयन भए । शाखा बिस्तार कार्यक्रममा बेलायतबाट नेपाल हुँदै जापान पुगेकी बेली डान्सर तथा मोडल अनिता लिम्बुले बेजोड प्रस्तुती दिएकी छिन् । इकेबुकरो टोकियो स्थिति गामबेशी दोहोरी हलमा जम्मा भएका सयौं नेपाली माझ उनको बेली डान्सले निकै राम्रो प्रशंसा बटुलेको छ ।
प्रकाशित मिति: सोमबार, असार ५, २०७४