काठमाडौं- विगत २४ घण्टामा नेपालभरि थप २,१११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १२९ जना निको भएका छन्।
आज देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १२०२ पुगेको छ।
बुधवार २,५६९ जनामा सङ्क्रमण पुष्टि हुँदा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघेको थियो। बिहीवार १,९१३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७