काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।
मंगलबार देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ।अहिलेसम्म नेपालमा १,१४८ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।तीमध्ये १,६०,५७७ जना सङ्क्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७