विगत २४ घण्टामा उपत्यकामा १४२८ सहित नेपालभरि थप २५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ।
यसै गरि २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।अहिले काठमाण्डूमा १५,९८२ जनासहित उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।
सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।काठमाडौँ उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७